सासंद पन्थीको निर्वाचन क्षेत्रमा ३८ करोडका योजना

0
1651

हुमाकान्त पोखरेल
साउन ४,२०७७ गुल्मी : गुल्मी निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का सासंद दिनेश पन्थीको निर्वाचन क्षेत्रमा ३८ करोडका योजना परेका छन् ।
आर्थिक बर्ष २०७७÷७८ का लागि धुर्कोट, मदाने र मालिका गरी तीन गाउँपालिका, संस्कृति तथा पर्यटन, सडक पूल, सडक, खानेपानी आयोजना, खेलकुद लगायतका क्षेत्रमा कुल ३७ करोड ८७ लाख ३९ हजारका योजना परेका हुन् । जसअन्तरगत धुर्कोट गाउँपालिकामा विभिन्न १५ शिर्षकमा दुई करोड ८३ लाख ९० हजार, मदाने गाउँपालिकामा विभिन्न १४ शिर्षकमा दुई करोड ५९ लाख ९० हजार तथा मालिका गाउँपालिकामा विभिन्न १५ शिर्षकमा दुई करोड ५८ लाख ९९ हजार विनियोजन भएको छ । तीनै स्थानीय तहमा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको लागि ६०÷६० लाखका दरले एक करोड ८० लाख विनियोजन भएको छ ।
संस्कृति तथा पर्यटन विकास कार्यक्रमअन्तरगत विभिन्न ६ वटा आयोजनाको लागि ८० लाख विनियोजन भएको छ । मदाने मालिका पर्यटकीय पूर्वाधार तथा पदामार्ग निर्माण र कंके देउराली पर्यटकीय हिल स्टेशन निर्माणको लागि ३०÷३० लाख विनियोजन भएको छ । त्यस्तै मालिका गाउँपालिकामा रहेको कुमालगाउँ देविस्थान मन्दिर संरक्षण, धुर्कोट ५ वस्तुमा रहेको कालिका मन्दिर जिर्णोद्धार, मदाने ४ मा रहेको खड्ग कालिकोट संरक्षण र धुर्कोट कोट सङ्ग्रालयको लागि समान २०÷२० लाखका दरले बजेट विनियोजन भएको अनेरास्ववियू गुल्मीका सह–संयोजक भरत चन्दले बताए ।
धुर्कोट, मदाने र मालिकामा स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तरगत एक करोड १८ लाख विनियोजन गरिएको छ । जसअन्तरगत मदाने गाउँपालिकाको बाँझकटेरीको लागि ८० लाख, धुर्कोट गाउँपालिकाको लागि ३० लाख र मालिका गाउँपालिकास्थित अर्जैको लागि आठ विनियोजन गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तरगत २६ योजनाको लागि तीन करोड ८० लाख ५० लाख बजेट विनियोजन भएको छ । पनाहा खोलाको निहुरे भुडिफुटामा सडक पुल र अर्जैस्थित गौरामा सडक पुलको लागि ५०÷५० लाख बजेट विनियोजन गरिएको छ । बर्बोट वाग्ला चौतारा सिर्सेनी बाँझकटेरी सडक, राङदल अर्जै हिले दर्लिङ सडक, डाडाँकटेरी नयाँगाउँ पिपलधारा सोमरभोमर भनभने सडक र छापहिलेस्थित दुधिले साराकटेरी खानेपानी आयोजनाको लागि समान आठ÷आठ लाखका दरले बजेट विनियोजन गरिएको छ । कुमालटारी सिँचाई र जैसिथोक लिफ्ट खानेपानी आयोजनाको लागि ३०÷३० लाख विनियोजन भएको सह–संयोजक चन्दले जानकारी दिए ।
बोहाफाटँ सिँचाई योजना, समलेखोला खानेपानी योजना, सौराखर्क कटुवालगौन लिफ्ट, वाइखोला लिफ्ट र नयाँगाउँस्थित ओखरेनी मैदान खानेपानी योजनाको लागि २०÷२० लाख विनियोजन भएको छ । कंके देउराली सिँचाई आयोजनाको लागि एक करोड विनियोजन गरिएको छ ।
मालिका गाउँपालिकाको दर्लिङस्थित विचारे खानेपानी योजना, तल्लो लुप्सि म्यालपोखरी खानेपानी योजना, जैसिथोक धुर्कोट रजस्थल खानेपानी योजना, वस्तु लिफ्ट खानेपानी योजना, चोरपानी खानेपानी योजुना, धुर्कोट रजस्थल खानेपानी योजना र जैसिथोक रजस्थल खानेपानी योजनाको लागि समान १०÷१० लाखका दरले बजेट विनियोजन गरिएको छ ।
अर्जैस्थित अर्जना खानेपानी योजना, भनभनेस्थित डोडेनी डाडामहत खानेपानी आयोजना र हाडहाडेस्थित मूलगौरा लिफ्ट खानेपानी योजनाको लागि १५÷१५ लाख विनियोजन भएको छ । अग्लुङस्थित खानीखाला सातमुरे निपाने योजनाको लागि ५० हजार र तिरतिरे भगाना कालिमाटी खानेपानी योजनाको लागि तीन लाख विनियोजन भएको अनेरास्ववियू गुल्मीका सह–संयोजक चन्दले बताए ।
सडक तथा पुल कार्यक्रमअन्तरगत विभिन्न १४ योजनाको लागि १६ करोड दुई लाख विनियोजन गरिएको छ । पुर्कोट दह अग्लुङ फेदी सडक स्तरोन्नती, अर्खबाङ्ग दर्लिङ भिमगिठे बाग्लुङ सडक, भनभने हाडहाडे निन्नुखर्क पिपलधारा नयाँगाउँ ठुल्दी बर्बोट सडक, बर्बोट वाग्ला चौतारा सिर्सेनी देउराली सडक र सुन्दरपोखरा नयाँगाउँ वस्तु कुखुरेखोला सडक स्तरोन्नतीको लागि ३५÷३५ लाख बजेट विनियोजन भएको नेकपाका नेता ओम कार्कीले जानकारी दिए । धुर्कोट र मदाने गाउँपालिका पहुँचमार्गको लागि चार÷चार करोड र मालिका पहुँचमार्गको लागि तीन करोड विनियोजन भएको छ ।
विचित्र गुफा कालिकास्थान धुर्कोट कोट बुडिकोट अस्कुना बराहाथान तिखेचुली कंकेदेउराली सडक र खुर्पाखोला पुलको लागि ५०÷५० लाख, नयाँगाउँ चिरपोल्ने डाडादेखि भुजेल्धारा अरौदी पिपलधारा नादी हाडहाडे कृषि सडकको लागि २० लाख, निस्दिखोला पुलको लागि एक करोड ३५ लाख, सेउघा सिमाघाट पुर्कोट दह अग्लुङफेदी सडकको लागि ३९ लाख र बुल्म अर्जै छाप घमिर सडकको लागि ३३ लाख विनियोजन भएकोे कार्कीले बताए ।
मझौला तथा वैकल्पिक प्रविधिमा आधारित सघन सिँचाई कार्यक्रमअन्तरगत विभिन्न ६ वटा आयोजनामा एक करोड ६५ लाख विनियोजन गरिएको छ । एकीकृत सिस्ने सालवोट अम्लावोट सिँचाई योजना, गान्टारी सिँचाई आयोजना, अस्कुना डाडाखर्क सुरेटारी लिफ्ट सिँचाई र ओखरेनी टुनिचौर सिँचाई योजनाको लागि ३०÷३० लाख विनियोजन गरिएको छ । सानिखाल पातालेखर्क गौराखर्क सिँचाई योजनाको लागि २५ लाख र मालिका गाउँपालिकाको भैसे रुम्टा सिँचाई योजनाको लागि २० लाख विनियोजन भएको छ ।
आवास व्यवस्थापन तथा बस्ती विकास कार्यक्रमअन्तरगत वस्तुस्थित कालिकास्थान बस्तीको एकीकृत पूर्वाधार निर्माणको लागि ४५ लाख र पुर्कोट दह बस्तीको एकीकृत पूर्वाधार निर्माणको लागि ४० लाख विनियोजन गरिएको नेता कार्कीले बताए । शहरी पूर्वाधार विकास कार्यक्रमअन्तरगत बर्बोटमा इन्टरलिङ्ग ढुङ्गा प्रयोग गरी सडक बनाउन एक करोड र अर्खबाङ्गमा पार्क निर्माणको लागि ३५ लाख विनियोजन गरिएको छ ।
सघन खानेपानी आयोजनाअन्तरगत १५ आयोजनाको लागि चार करोड पाचँ लाख विनियोजन गरिएको छ । ज्ञान निपाने खोर ढाल्नेरुख खानेपानी आयोजना, रावापानी छहरा खोला ओख्लेदह, कालिम्पाटी डाडाँलिफ्ट, दर्लिङ खानेपानी आयोजना, धाराचौर आधाभूत मावि, मलायागिरी पटौटी लिफ्ट, एकीकृत खानेपानी आयोजना–सिमलटारी, सर्वाङखोला पैयाठुटा अग्लुङफेदी र छापहिले खानेपानी आयोजनाको लागि पाचँ÷पाचँ लाखका दरले विनियोजन गरिएको नेकपा गुल्मीका सचिव विर बहादुर कार्कीले बताए ।
वाग्ला धुर वस्तु जैसिथोक लिफ्ट र धङधगे खालाखोला सिर्सेनीकोट लिफ्ट खानेपानी योजनाको लागि ५०÷५० लाख, घमिर अर्जै अमरपुर खानेपानी योजनाको लागि १० लाख, म्यालपोखरी पुर्कोट भनभने खानेपानी योजनाको लागि एक करोड १० लाख र ग्राखोला तिखेचुली लिफ्ट खानेपानी योजनाको लागि ४५ लाख विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालयअन्तरगत भनभने खेल मैदान योजनाको लागि १५ लाख विनियोजन गरिएको कार्कीले बताए ।

SHARE