गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

0
363

साउन ३,२०७७ गुल्मी : गुल्मीका थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या तीन सय ५३ पुगेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीदरबार गाउँपालिकाका २ जना पूरुष र इश्मा गाउँपालिकाकी एक जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
हालसम्म तीन सय ३७ जना निको भएर घर फर्किएका छन भने बाँकी १३ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ ।

SHARE