रुखले किचेर दाङमा एक बालकको मृत्यु

0
635

 

भदौ २५, २०७६ दाङ स् दाङमा रुखले किचेर एक बालकको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका सोतीटाला निवासी १० वर्षीय सुजन खत्रीको मृत्यु भएको हो। विद्यालयवाट घर फर्कदै गर्दा मंगलवार अपरान्ह रुख ढलेर किच्दा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। रुखले लागेर सोही ठाउँका अर्का ९ वर्षीय तिलक खत्री घाइते भएको र उनको उपचार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए।

SHARE