रामपुरमा बराहदेवी स्मार्ट कृषि गाउँको अनुगमन

0
561

सुशीला रेग्मी

साउन २,२०७७ पाल्पा : रामपुर नगरपालिका वडा नं १० मा संचालित बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रमको अनुगमन भएको छ ।
प्रदेश नं ५ का प्रदेश सभा सदस्य युवराज खनाल, कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल, रामपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपाने, कृषि प्राबिधिक, पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा प्रत्येक घर घरमा प्लाष्टिक घर निर्माण गरिने कार्यक्रम रहेपनि केही घरमा निर्माण पुरा नभएको पाइएको छ । स्मार्ट कृगिा गाउँ कार्यक्रममा आबद्ध कृषकलाई सिंचाईका लागि बनाइएको पक्की कुलो निर्माण सम्पन्न, थोपा सिंचाईका लागि कृषकलाई पाइप उपलब्ध गराइएको छ ।

स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि नगरपालिकाले सहयोग नगरेको र अबका दिनमा सहयोग गर्न स्थानीय उपभोक्ताले अनुरोध गरेका छन् ।

प्रदेश सभा सदस्य युवराज खनालले बाँकी रहेका काम तत्काल सम्पन्न गर्न निर्देशन दिदै हेक्लाङ्गफाँट क्षेत्रलाई नमुना कृषिमय गाउँका रुपमा विकास गरिने प्रदेश सरकारको योजना रहेको बताए ।

यस आर्थिक वर्षका लागि रामपुर नगरपालिकाले दश लाख वजेट सहयोग गरेको र आवश्यक सहयोग सधै गरिने आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले जानकारी दिए ।

कृृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले समयमा नै काम सम्पन्न नभएमा भुक्तानी रोकिने हुदा समयभित्रै काम सम्पन्न गर्न आग्रह गरे । प्रदेश सरकारको सहयोगमा जिल्लाका चार स्थानमा स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन भइरहेको छ ।

SHARE