बर्दियामा फेरि थपिए १० कोरोना संक्रमित

0
364

साउन २, २०७७ बर्दिया :  जिल्लामा आज फेरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा यो पुष्टि भएको हो। ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ र ८ का २ जना, मधुवन नगरपालिका वडा नं १, २, ५ र ९ का गरी ४ जना थपिएका हुन्।
यस्तै राजापुर नगरपालिका वडा नं ६ र ८ का २ जना तथा गेरुवा गाउँपालिकाको वडा नं ४ र ५ का २ जनामा समेत आज कोरोना पुष्टि भएको छ। योसँगै बर्दियामा कोरोना संक्रमितको संख्या २ सय १० पुगेको छ।
संक्रमितलाई सम्बन्धित पालिकामा तयार पारिएका आइसोलेसन कक्षमा उपचार गरिँदै छ।

SHARE