गुल्मीदरबारमा कृषकलाई बाँदर धपाउँने यन्त्र 

0
632

साउन २,२०७७ गुल्मी : गुल्मीदरबार गाउँपालिकाले कृषकहरुलाई बाँदर धपाउँने यन्त्र हस्तान्तरण गरेको छ ।
पालिका भित्रका किसानहरुले बाँदरले धेरै सताएको र अन्न बाली सखाप पारिदिएको गुनासो गरेपछि ३५ वटा बाँदर धपाउने यन्त्र कृषहरुलाई हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
राष्ट्रिय आबिष्कार केन्द्र काठमाण्डौबाट दुई हजार ५ सय रुपैयाँका दरले ३५ वटा यन्त्र खरिद गरी कृषकहरुलाई हस्तान्तरण गरिएको हो ।
गाउँपालिकाका ७ वटा वडाहरुमा ५ वटाका दरले यन्त्र हस्तान्तरण गरिएको र यन्त्रले बाँदर धपाउँनका लागि सहयोग पुग्ने र अन्न बाली बचाउँन सकिने गाउँपालिकाले बिश्वास लिएको छ ।
बाँदर धपाउँने यन्त्र पाएपछि कृषकहरु हर्षित भएका छन् ।

SHARE