समिति र नगरपालिका बिच कुरा नमिल्दा नगरको फोहोर उठेन : नगरपालिका भन्छ , अब हामी आँफै उठाउँछौ

0
312

सागर भण्डारी,
साउन २ ,२०७७ गुल्मी : मुसिकोट नगरपालिका वडा नं ७ स्थित वामीटक्सार बजारको फोहोर विगत १ महिना देखि उठ्न सकेको छैन् ।
फोहोर उठ्न नसक्दा मुख्य बजारका व्यवसायीहरुले फोहोर थुप्र्याएर राखेका छन् । पहिले हप्ताको १ पल्ट आईतबार नगरपालिकाको गाडीले फोहोर उठाउँदै आएको भएपनि फोहोर उठ्न नसक्दा होटलमा फोहोरको दुर्गन्ध थुप्राएर राख्नुपरेको होटल व्यवसायी गोपाल सापकोटाले बताए ।

नगरपालिकाले निर्माण गरेको डम्पिङ साईडमा कहिले काहीँ आफै फोहोर बोकेर जानुपरेको भन्दै डेरा भाडामा बस्नेहरुलाई भने झनै सास्ती भएको उनको भनाई छ । लकडाउनको बीचमा होटल सञ्चालन नभएको भएपनि अहिले भने होटल व्यवसाय सञ्चालन भए लगत्तै फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिएको उनले बताए ।

नगरपालिकाले ध्यान दिएन :समिति

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि समिति नै बनाएर फोहोर उठाउँदै आएको थियो । उक्त समिति मार्फत नगरपालिकाको ट्याक्टरले फोहोर उठाउँदै आएको भएपनि पछिल्लो समय नगरपालिकाले ध्यान नदिँदा १ महिना देखि फोहोर उठ्न नसकेको समितिका अध्यक्ष गोपिकृष्ण खरेलले बताए ।
अघिल्लो समयमा फोहोर व्यवस्थापन गर्दा समितिलाई ६ लाख रुपैयाँ ऋण लागेको भन्दै उहाँले उक्त भुक्तानी गरिदिन नगरपालिकालाई अनुरोध गर्दा आनाकानी गरेपछि फोहोर उठ्न नसकेको उनको भनाई छ । ट्याक्टर चालक र सहचालक देखि फोहोर उठाउने कर्मचारीहरुको तलब समेत दिन नसकेपछि अफ्ठ्यारो स्थिति आएको हो ।

समितिले काम गरेन अब नगरले नै गर्छ:  नगरप्रमुख

यता मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटाले भने फोहोर निरन्तर उठेको दाबी गरे । केही हप्ता फोहोर नउठेको कुरा सत्य भएपनि ट्याक्टरले निरन्तर फोहोर उठाउँदै आएको उनको भनाई छ ।
समितिलाई फोहोर व्यवस्थापनको सम्पूर्ण जिम्मा दिएको र जसका लागि नगरपालिकाले २ वटा ट्रयाक्टर समेत खरिद गरेको भन्दै उनले समितिले सोँचे अनुरुप कार्य गर्न नसक्दा अफ्ठ्यारो स्थिति आएको बताए ।
समितिलाई उपभोक्ताहरुसगंबाट केही रकम उठाएर व्यवस्थापन गर्न आग्रह गर्दै आर्थिक जिम्मा सम्पूर्ण दिएको भन्दै उनले समितिले सोँचे अनुसार काम गर्न नसकेको बताए ।
उपभोक्ताहरुसगं केही निश्चित शुल्क उठाएर फोहोर उठाउन आग्रह गरेको सापकोटाको भनाई छ । समितिले काम गर्न नसकेपछि नगरपालिकाले अब आफै कर्मचारीहरु राखेर फोहोर व्यवस्थापन गर्ने उनले जानकारी दिए ।
अहिले फोहोर लगेर फाल्नका लागि डम्पिङ् साईड निर्माण हुँदै गरेकोले थोरै समस्या भएपनि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सकंलन गरेर डम्पिङ साईडमा समेत पुन ः फोहोरको वर्गीकरण गर्नका लागि कर्मचारी राखेर व्यवस्थापन गर्न लागिएको नगरप्रमुख सापकोटाको भनाई छ ।
फोहोर व्यवस्थापन समिति र नगरपालिकाबीच कुरा बाँझिदा यता स्थानीयहरुले भने सास्ती भोग्न बाध्य भउका छन् ।

SHARE