गुल्मीका दुई बिद्यालय नमुना बिद्यालयमा छनोट

0
699

मनोज कार्की
साउन १,२०७७ गुल्मी : गुल्मीका दुई बिद्यालय नमुना बिद्यालयको रुपमा छनोट भएका छन्् ।
छनोट हुने बिद्यालयहरुमा मालिका गाउँपालिका वडा नं ८सीमटारीको मालिका माध्यमिक बिद्यालय र छत्रकोट गाउँपालिका वडा नं ५ मानकोटको आत्मबोध माबि नमुना बिद्यालयमा छनोट भएका हुन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मानव विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले मालिका माध्यमिक र आत्मबोध माबि विद्यालयलाई नमुना विद्यालयको रूपमा छनोट गरेको हो ।

नमुना विद्यालयका लागि विद्यालयको विद्यार्थी संख्या,एसइइको नतिजा, विद्यालयको जग्गा, विद्युत तथा इन्टनेट र राजमार्गको पहुँच लगायतका शिर्षकमा ( १ सय पूर्णांङ्क ) मुल्यांकनको आधारमा नमुना विद्यालय छनोट गरिने बिद्यालय जानाकारि दिएका छन् । नमुना बिद्यालय बनाउनको लागि पहल गर्नुहुने सम्पुर्णमा बिद्यालयले धन्यबाद दिएका छन् ।
आत्मबोध माध्यमिक बिद्यालयले गत बर्ष ब्याबसायिक तथा प्राबिधिक धार अनुसार सिभिल इन्जिनियरको लागि अनुमति पाएको बिद्यालयका प्रधानध्यापक बिष्णु प्रसाद ज्ञवालीले जानाकारी दिए ।
हाल बिद्यालयमा ३० जना बिद्याथीहरुले पठनपाठन गर्दै आएका छन् । गाउँछोडि पढ्नको लागि अन्य ठाउँमा जानुपर्ने बाध्यता थियो । गाउँकै आत्मबोध मा बिमा सिभिल इन्जिनियर पढाईहुदाँ अभिभावकमा खुसि मिलेको छ ।

केही समय अगाडि मालिका माध्यमिक विद्यालयले प्राविधिक शिक्षा सञ्चालन गर्नको लागि पनि अनुमति पाएको थियो । मालिका माध्यमिक विद्यालयले आवश्यक मापदण्ड पुरा गरेको हुनाले नमुना विद्यालयका रुपमा छनोट भएको विद्यालयका प्राचार्य हेमराज पौडेलले बताए ।
प्राबिधिक शिक्षा संचालनका लागि मालिका मा बि ले गुल्मी सीमलटारी मालिका शैक्षिक तथा धार्मिक महोत्सब संचालन गरेको थियो । यसै बर्षदेखि बिद्यालयले बालीबिज्ञान पठनपाठन गराउने मालिका माबिले जानाकारी दिएको छ ।

SHARE