रामपुर नगरपालिकाको नीति तथा कार्यक्रम र वजेट सार्वजनिक

0
562

सुशीला रेग्मी

साउन १,२०७७ पाल्पा : रामपुर नगरपालिकाको बुधवार सम्पन्न सातौँ नगर सभाले आर्थिक वर्ष २०७७÷०७८ को पारित गरेको नीती तथा कार्यक्रम, वजेटबारे बिहीवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

नगर प्रवक्ता हुमनाथ न्यौपानेले विभिन्न शीर्षकमा ७१ करोड २० लाख ३० हजार बराबरको आम्दानी वजेट प्रस्तुत गरे । जसमा संघीय सशर्त रु ३० करोड ६५ लाख, संघीय बिशेष अनुदान रु एक करोड, प्रदेश सशर्त रु तीन करोड ७८ लाख ५० हजार, प्रदेश समपुरक अनुदान रु दुई करोड ३४ लाख ८० हजार, प्रदेश सरकार बिशेष अनुदान रु ७० लाख, संघीय सरकार समनिकरण अनुदान ११ करोड ९३ लाख, प्रदेश सरकार समनिकरण अनुदान रु ५४ लाख ३१ हजार रहेको छ ।

त्यस्तै प्रदेश सरकार राजश्व बाँडफाँडतर्फ रु ८९ लाख ९७ हजार, संघीय राजश्व बाँडफाँड रु आठ करोड ७१ लाख ८९ हजार ६४०, आन्तरिक श्रोत रु सात करोड ३९ लाख ६० हजार ३९२, अघिल्लो वर्षको आम्दानी रु ५० लाख र वजेट घाटा÷नपुग रु दुई करोड ७३ लाख २१ ह्जार ९६८ रहेको नगर प्रवक्ता न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी गराए ।

त्यस्तै खर्चतर्फ संघीय सर्शत रु ३० करोड ६५ लाख, संघीय बिशेष अनुदान रु एक करोड, प्रदेश सशर्त रु तीन करोड ७८ लाख ५० हजार, प्रदेश समपुरक अनुदान रु दुई करोड ३४ लाख ८० हजार, प्रदेश सरकार बिशेष अनुदान रु ७० लाख, नगर गौरव विकास रु २० करोड ७२ लाख, नगर कार्यपालिका कार्यालयतर्फ रु १२ करोड रहेको छ ।

नगरसभाले तीन वटा नियामावली पारित गरेको छ । आपतकालिन बालउद्धार कोष संचालन नियमावली २०७७, लैङ्गिक हिंसा निवारण कोष संचालन नियमावली २०७७ र रामपुर नगरपालिकाको मेलमिलाप कार्यविधि २०७७ पारिएको नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले जानकारी दिइन् ।

आर्थिक वर्ष २०७७÷०७८ मा नगरस्तरिय ३० र वडास्तरका दुई सय ८६ वटा योजना रहेका छन् । आचार्यले सामान्य कुरामा प्रतिपक्षले बिरोध जनाएपनि त्यसले नगरको विकासमा सकारात्मक रुपमा लिनुपर्ने मा जोड दिइएको छ ।

सातौँ नगरसभा सबैको सहयोग र साथमा सम्पन्न भएको बताउँदै वजेट अनुसार सिलिङ उपलब्ध गराइएको, पत्रकारले नगरपालिकाले गरेका राम्रो कामलाई उजार गर्ने र नराम्रा काममा जनप्रतिनिधिलाई खबरदारी गर्नुपर्ने नगर उपप्रमुख आचार्य बताउछिन् । पत्रकार सम्मेलनको संचालन रामपुर नगरपालिका वडा नं ६ का वडा सचिव बासुदेव ढकालले गरेका थिए ।

SHARE