ब्यवहारिक शिक्षाका लागि बिद्यार्थीलाई मौरी सहित घार

0
1132

तिलाचन पाण्डे
साउन १,२०७७ गुल्मी : बिद्यार्थीलाई ब्यवहारिक शिक्षा प्रदान गर्नका लागि मौरी सहित घार बितरण गरिएको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं १ मा रहेको देउराली माध्यमिक बिधालयमा कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने ५२ जना बिद्यार्थीहरुलाई मौरी सहित घार बितरण गरिएको शिक्षक लक्ष्मीपति न्यौपानेले जानकरी दिए ।
पेशा ब्यवसाय अन्र्तगत बिद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र सिकाएर नहुने भन्दै ब्यावहारिक शिक्षा प्रदान गर्नका लागि मौरी सहित घार बितरण गरिएको हो । बिद्यार्थीहरुले बिद्यालयमा आएर सिकेका ज्ञानहरुलाई ब्यावहारिक रुपमा प्रयोग गर्दा ज्ञान सीप पनि बृद्धि हुने र आयआर्जनमा समेत टेवा पुग्ने बिद्यालयले जनाएको छ ।
अबको शिक्षा सैद्धान्तिक मात्र भएर नहुने भन्दै ब्यावहारिक संगै ब्यबसायिक बनाउनका लागि मौरी सहित घार बितरण गरिएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले दाबी गरे ।
गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ५२ जना बिद्यार्थीहरुलाई मैरी सहित घार बितरण गरिएको हो ।

SHARE