गुल्मीको मुसिकोटमा सलह आतंक

0
743

रामकृस्ण कंडेल,वामीटक्सार
साऊन१ ,२०७७ गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकामा यतिखेर सलहले आतंकनै मच्चाएको छ।
नगरपालिकाको वडानं१मा असार३१गते बाट ठुलो संख्यामा किसान हरूको खेत बारीमा सलह प्रबेशगरी बिशेष गरी मकै खेती सखाप पारिदिएको कृषि प्राबिधीक सर्बजित ओलीले हामी बताए ।
प्राबिधीक ओलिका अनुसार वडानं१को थामा,रङ्नम,ढाँण र पौंदिअमराईमा असार ३१ गते दाङ हुँदै प्युठान बाट आएको सलह किराले मकै बाली पुरै खाईदिदा यहॉका किसान हरू निकै चिन्तित बनेका छन।
केही दिन पहिले पनि सलह आयो त्यसले त्यति क्षति नगरेको तर असार ३१गते प्युठान तर्फ बाट आएको सलह ले निकै क्षती गरेको स्थानिय हरूको भनाई रहेको छ।
यो सलह निकै अनिकाल ल्याऊने खालको रहेको स्थानिय हरूको भनाई रहेको छ।कुनै पनि तरिका प्रयोग गरी यस लाई गॉऊ बाट लखेट्न सकिएको छैन।

SHARE