पाल्पा बुटवल सडकखण्ड अवरुद्ध

0
423
फाइल फोटो

असार ३०, २०७७
पाल्पा : सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडकखण्ड अवरुद्ध भएको छ। सोमबार बेलुकी साढे सात बजेदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।

उनका अनुसार तिनाउ गाउँपालिका ३ पैठेडाडास्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको सुख्खा पहिरोसङ्गै खसेको ठूला ठूला ढुङ्गाले सडक अवरुद्ध भएको हो। पहिरो पन्छाउन स्काभेटर पुगेको छ। तर राति भएको र ढुङ्गा खस्नेक्रम नरोकिएकोले पहिरो पन्छाउन कठिन भएको हो।
मङ्गलबार बिहानै देखि सडक खुलाउन काम थालिने प्रहरी निरीक्षक श्रेष्ठले बताए। सडक अवरुद्ध हुँदा टाढा जाने यात्रु बीच बाटोमा अलपत्र परेका छन्। कयौं सवारी साधन सडकमै रोकिएका छन्।

SHARE