नेकपा गुल्मीद्धारा मुसिकोटको पहिरो प्रभावित क्षेत्रको अवलोकन सगैं राहत रकम सहयोग

0
614

सागर भण्डारी,
गुल्मी । नेपाल कम्युनिष्ट पार्टी नेकपा गुल्मीले मुसिकोट नगरपालिकाको पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको छ । गत असार १८ गते अविरल बर्षाका कारण पहिरो जाँदा प्रभावित भई घरबास गुमाएका तथा जोखिममा परेका नगरपालिकाको वडा नं २ का विभिन्न स्थानमा नेकपाले अवलोकन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा गुल्मीका अध्यक्ष मुधकृष्ण पन्थ सहितको टोलीले पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्दै वडा कार्यालयको विपद व्यवस्थापन कोषमा नगद रु ३५ हजार रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम अध्यक्ष पन्थले मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटालाई हस्तान्तरण गर्नुभएको थियो ।

उक्त अवसरमा बोल्दै अध्यक्ष पन्थले विपदको समयमा नेकपा सधै जनताको सुख दुखमा साथमा रहेको भन्दै आगामी दिनमा पनि सगैं रहने बताउनुभएको थियो । मानविय क्षति हुने गरी भएको विपत्तिले नेकपा सगैं सिगों जिल्ला नै मर्माहत बनेको भन्दै उहाँले विस्थापित घरपरिवारलाई छिट्टै स्थायी बसोवास हुनेगरी स्थापित गर्न तिनै तहका सरकारलाई आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सांसद दिनेश पन्थी, जिल्ला अध्यक्ष मधुकृष्ण पन्थ, मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटा, नेकपा नेता बालिसिहं काउचा, कृष्ण सुनार, मुसिकोट नगरउपप्रमुख कमला शर्मा, नेकपा मुसिकोट नगरईन्चार्ज जीवन खरेल, नेकपा नेता गणेश श्रीपाली, हिरा एसी, खुम बहादुर थापा, दाल बहादुर विश्वकर्मा, हरि छन्तेल, ललिता गौतम, हरि पोखरेल, अनेरास्ववियू जिल्ला सयोंजक राजेन्द्र विक्रम कुँवर, नेकपा मुसिकोट सचिव अग्नीधर लोहोनी , सदस्य महेन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

पहिरोले मुसिकोटको विभिन्न स्थानमा ८० घर परिवार विस्थापित बनेका छन् । भने पहिरोमा पुरिएर बेपत्ता भएका दुलुङका भागिरथ घिमिरेको अवस्था अझै अज्ञात रहेको छ । उनको अझैसम्म पनि खोजी कार्य भईरहेको बताईएको छ ।

SHARE