गिट्टी कुटेरै जिविका चलाउँदै अर्खबाङ्का महिला

0
572

मनोज कार्की

असार २८,२०७७ गुल्मी : गुल्मीको मालिका गाउँपालिकाका महिलाहरु गिट्टी कुटेर नै आफ्नो जिबिको पार्जन गर्दै आएका छन् ।
श्रीमान् पनि बेरोजगार रहेको र दैनिक जीवनयापनमा समेत समस्या भएपछि आफुहरु गिट्टी कुट्न बाध्य भएको उनीहरुका्े भनाई छ । अहिले आफुले गिट्टी कुटेरै भएको आम्दानीबाट दैनिक जीवनयापन निर्वाह गर्ने र छोरा छोरीको पढाई खर्च समेत चलाउँदै आएको बिना घर्तीले बताइन् ।

उनीहरुले कुटेको गिट्टी गाउँपालिकाले खरिद गरिदिने भएपछि बजारको समस्या भने उनीहरुलाई छैन् । मालिका गाउँपालिकाले १ बोरा गिट्टीको १ सय रुपैयाँ दिदैँ आएको छ । १० जना भन्दा बढी महिलाहरुले अहिले गिट्टी कुटेरै आफ्नो जिविका चलाउँदै आएका छन् । मालिका गाउँपालिकाले बनाउन लागेको शौचालयको काममा उनीहरु विगत ६ महिनादेखि गिट्टी कुट्दै आएको बताउँछन् ।
महिलाहरूलाई आत्मनिर्भर बनाउन र श्रीमान् को मात्रै भर पर्ने बानीलाई निरुत्साहित पार्न गाउँपालिकाले महिलालाई काममा लगाउन प्रोत्साहित गर्दै उदाहरणि काम गर्दै आएको गाउँपालिकाकी उपाध्यक्ष देवा रिजाल अर्यालले बताइन् ।
महिलालाई आफु आफैमा आत्मनिर्भर बन्नको लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा मार्फत पनि गाउँपालिकाले केही महिलाहरुलाई रोजगार दिएको उनको भनाई छ ।
गाउँपालिका अधिकांश महिला परनिर्भर नबनुन् भन्नका लागि गाउँपालिकाले सकभर महिलाहरुलाई नै रोजगारीका अवसरहरु सगैं विभिन्न सीपमुलक तालिमहरु दिँदै आएको छ ।

SHARE