रामकृष्ण कडेल
असार २७, २०७७ गुल्मी : गुल्मीदरबार गाउपालिका स्वास्थ्य शाखाको आयोजनमा गाउपालिकाको दरबार देबिस्थान स्वास्थ्य चौकीमा सुरक्षित मातृत्व सम्बन्धि ३ दिने तालिम एसबिएहरुका लागि अनसाइट कोचिङ सम्पन्न भएको छ ।
तालिममा विषेश गरि स्वास्थ्य सस्थामा स्वास्थ्यकर्मिले सुत्केरी ब्यथा लागेदेखि सुत्केरि हुने समयमा र सुत्केरि भैसकेपछि आमा र बच्चामा गर्नुपर्ने आवश्यक प्रोसुडर र देखा पर्न सक्ने जटिलतालाइ स्थानीय स्तरका स्वास्थ्य संस्थामा गर्न सकिने उपचार अपनाउनु पर्ने सावधानिहरुको बारेमा पुनरताजकी गरिएको थियो ।
स्वास्थ्य सस्थामा सुरक्षित तरिकाले सुत्केरि गराइ आमा र बच्चाको हुन सक्ने सम्भावित जोखिम न्युनिकरण गर्नको लागि बर्थिङ् सेन्टर सन्चालन भएको दरबार देबिस्थान स्वास्थ्य चौकी र निकट भविष्य मै सन्चालन हुने गौडाकोट स्वास्थ्य चौकीमा कार्यरत एसबिए तालिम लिएका नर्सिङहरु र केहि नया नर्सिङ गरि ६ जनालाई तालिम प्रदान गरिएको हो ।
बुधवार बाट सुरु भएको तालिम शुक्रवार दरबार देबिस्थान स्वास्थ्य चौकीकी सिनियर अनमी जुनाकला बस्नेतको अध्यक्षतामा समापन गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुल्मीदरबार गाउपालिका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले आवश्यक सुझाव सल्लाह र निर्देशन सहित गुल्मीदरबार गाउपालिकालाइ स्वास्थ्य क्षेत्रमा नमुना गाउपालिका बनाउन आफु लागि परिरहेको र यसको लागि सम्पुर्ण स्वास्थ्यकर्मीलाइ आगामी दिनमा पनि आ आफ्नो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि अर्यालले गुल्मीदरबार गाउपालिकाको तर्फबाट प्रशिक्षक द्वयलार्इ मायाको चिनो प्रदान गर्दै धन्यवाद व्यक्त गरे ।
समापन कार्यक्रममा प्रशिक्षक गुल्मी अस्पताल की स्टाफ नर्स सीता कार्की र रुरु प्राथमिक स्वास्थ्य केन्द्र की स्टाफ नर्स रन्जु थापा सहभागीको तर्फबाट गौडाकोट स्वास्थ्य चौकीकि सिनियर अनमी सृजना पोख्रेल र दरबार देबिस्थान स्वास्थ्य चौकीकि अनमी सुमन पन्थिले धन्यवाद मन्तब्य राख्दै आफुहरुको लागि तालिम अत्यन्तै उपयोगि मुलक भएको र आगामी दिनमा पनि यस्ता तालिमको आयोजना हुनुपर्नेमा जोड दिइन् ।
कार्यक्रमको सन्चालन दरबार देबिस्थान स्वास्थ्य चौकीका अहेव रामकृष्ण कडेलले गरेका थिए ।