असार २६,२०७७ गुल्मी : गुल्मीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या तीन सय ५० पुगेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा सत्यवती गाउँपालिकाका ३५ बर्षिय पुरुष र रेसुंगा नगरपालिका २५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
हालसम्म दूई सय ६५ जना निको भएर घर फर्किएका छन भने बाँकी ८५ जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ ।