मनोज कार्की
असार २६,२०७७ गुल्मी :गुल्मीको मालिका गाउँपालिका घमिर वडा नं ७ घमिरका ब्याबसायीहरुलाई औजार बितरण गरिएको छ शुक्रबार घमिरमा एक कार्यक्रमका साथ १४ जना आरन ब्याबसायीहरुलाई आरन औजार बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
औजार बितरण गर्दै मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले गाउँ घरमा गर्दै आएको आरन ब्याबसाय पछिल्लो समयमा निर्बाहमुखी भएको यसलाई अझ ब्याबस्थित गरि ब्याबसायिक बनाउनु पर्नेमा जोड दिए ।
आरन सन्चाल ब्याबसायिलाई ब्याबस्थित गराउनको निम्ती तालिम आबश्यक रहेकाले तालिमको ब्याबस्था मिलाउनको लागि वडा कार्यालयलाई पहल गर्न अध्यक्ष थापाले आग्रह गरेका छन् ।
वडाबाट बितरण गरिएको औजारको सोहि सदुपयोग गरि संचालन गर्ने सकेमा सफल आरन ब्याबसायी बन्न सक्ने वडा अध्यक्ष बेद प्रसाद पन्थीले बताए । आरन ब्याबस्थापनको क्रममा ब्याबसायीहरुलाई समस्या परे वडा कार्यालयले तुरुन्तै समधान गर्ने अध्यक्ष पन्थीले बताएका छन् ।
औजार बितरण कार्यक्रममा समाजसेवी चन्द्रमणि लम्साल ,ज्ञानराज पन्थी, गुणानिधि लम्साल,यम बहादुर बि.क,शेसकान्त लम्साल,डिल्लीराज उपाध्याय लगाएतको उपस्थिती रहेको थियो । आरन ब्याबस्थापन तथा औजार बितरण कार्यक्रमको लागि वडा कार्यालय बाट ५ लाख बिनियोजन गरिएको थियो ।
औजार पाउँदा आरन ब्याबसायी खुसी
वडाले कार्यक्रमको आयोजना गरि आरन औजर बितरणले ब्याबसायी खुसि भएका छन्।
पछिल्लो समयमा हराउँदै गएको आरन ब्याबसायलाई ब्याबस्थित गर्नेका लागि वडाले आरनका औजार बितरण गरेको भन्दै ब्याबसायीहरुले वडा तथा गाउँपालिकालाई धन्यबाद दिएका थिए ।