गुल्मीमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

0
327

तिलाचन पाण्डे
असार २०,२०७७ गुल्मी : गुल्मीमा मंगलबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या तीन सय ४२ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कालीगण्डकी गाउँपालिका वडा नं ४का ३२ बर्षका युवामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ ।

SHARE