रामपुर बजारका खाद्यान्न पसल अनुगमन, अधिकांश पसलमा म्याद नाघेका सामान फेला

0
1016

सुशीला रेग्मी

रामपुर (पाल्पा), असार २३ ,२०७७ :रामपुर नगरपालिकाका विभिन्न बजार क्षेत्रका खाद्यान्न पसल अनुगमन गरिएको नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुदेवि घिमिरे आचार्यको संयोजकत्वमा खाद्यान्नका पसल अनुगमन गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख भिमबहादुर कार्की, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, पत्रकार लगायतको टोलीले बजार अनुगमन गरेको छ ।

रामपुर नगरपालिका ५ स्थित बेझाड बजार, पेट्रोलपम्प, बाङ्गेपसल, रामपुर नगरपालिका ४ अन्र्तगत ईस्लामपुर, सदावर्त र वडा नं ७ को किसानबारी बजार क्षेत्रका खाद्यान्न पसलहरुमा अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा केही किराना पसलमा म्याद नाघेका सामग्री, रामपुरमा नगरपालिकामा पसल दर्ता नभएको, मूल्य सुचि अद्यावधिक नभएको, साइनबोर्ड नराखिएको फेला परेको नगरपालिकाका सुचना अधिकारी रामहरी पाण्डेयले बताए ।

रामपुर नगरपालिकामा दर्ता नभएकालाई तत्काल दर्ता गराउन आग्रह गरेको र नियम कानुन अनुसार व्यवसाय नचलाएका व्यापारीलाई नियम संगत प्रक्रिया पु¥याएर व्यवसाय चलाउन अनुरोध गरिएको नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुदेवी घिमिरे आचार्यले बताए ।
अनुगमनका क्रममा बिस्कुट, सुजी, मसला, कुरकुरे जस्ता खाद्यपदार्थ बढी म्याद नाघेको पाइएको ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य बताउछन् ।

व्यापारीले बिक्रि गरेको सामान उपभोक्ताले उत्पादन मिति नाघेको छ छैन भनेर नहेर्र्ने परिपाटीले पटक पटक म्याद नाघेका सामान केही पसलले बिक्रि गरिरहेको र यसले उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पार्ने हुदा उपभोक्ता आफै सामान खरिद गर्ने बेला उत्पादन मिति र बिक्रि गर्ने अन्तिम मिति हेरेर मात्र सामान खरिद गर्नुपर्र्ने उद्योग वाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल बताउछन् ।

मूल्य सुचि नभएका पसलमा तत्काल मूल्य सुची टाँस गर्नुपर्ने र अर्को पटक पनि अटेरी गरेर प्रक्रिया अनुसार व्यवसाय संचालन नगरेको पाइएमा कानुन अनुसार कारबाही गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले बताए ।
सोमवार १२ वटा र मंगलवार १३ वटा खाद्यान्न पसलको अनुगमन गर्ने काम भएको छ । अनुगमनका क्रममा फेला परेका म्याद नाघेका सामान टोलीले जफत गरेको छ ।

SHARE