भारतमा बन्यो सुनको मास्क

0
519

असार २१, २०७७ एजेन्सी :  भारतको महाराष्ट्र राज्यमा एक जनाले सुनको मास्क बनाएका छन्।

भारतको पुनेका शंकर कुराडेले ३ लाख रुपैयाँको लगानीमा सुनको मास्क बनाएका हुन्। सुनको मास्क लगाएर हिँड्ने उनलाई सहरमा उनलाई ‘गोल्डम्यान’ भन्न थालिएको छ। मास्कमा साढे पाँच तोला सुन लागेको छ।
मास्कमा श्वास फेर्नका लागि स–साना प्वाल बनाइएको छ। सुनका सौखिन एवं दैनिक तीन तोला बरारको सुनका सामग्री चेन, अगौठी र ब्रासलेट लगाएर हिँड्ने शंकरले सुनारसँग सम्पर्क उनले सुनको पनि मास्क बनाए।
उनको मास्क एक हप्ता लगाएर बनाइएको हो। शंकरले कसैलाई सुनको मास्क बनाउन परे आफूले सहयोग गर्ने पनि बताएका छन्।

SHARE