प्युठानमा टिपर दुर्घटना, चालक र सहचालकको मृत्यु

0
707

असार २०, २०७७ प्युठान : प्युठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

प्युठानको खप्रेङखोलाबाट दाङको कालाकाटेस्थित शुभश्री अग्नि सिमेन्ट उद्योगमा चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिपर सरूमारानी गाउँपालिका–६ मा दुर्घटना भएको हो। दुर्घटनामा प्युठान नैबहिनी–६ पिपलटारीका ३२ वर्षीय टिपर चालक रोशन थापा र सहचालक २५ वर्षीय झकबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्किले जानकारी दिए।

कार्कीका अनुसार प्युठान भालुबाङ सडकखण्डअन्तर्गत शनिबार बिहान साढे ९ बजे मोतिपुरस्थित भीरबाट झण्डै ५०० मिटर तल माडी नदीमा खसेको छ। घटनास्थलमा प्रहरी स्थानीयले अहिले उद्धारको काम गरिरहेका छन्।

SHARE