असार १९, २०७७ बर्दिया : बर्दियामा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको छ।
कारोना संक्रमित थप ६९ जना उपचारपछि निको भरए घर फर्केका छन्। बिहीबारसम्ममा बर्दियामा १ सय ४१ जनाले कोरोना जितेर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले जनाकारी दिए।
जसमा कोरोना जित्नेमा हालसम्म १ सय २७ पुरुष र १४ जना महिला छन्। यसअघि बर्दियाका ७२ जना कोरोना संक्रमित उपचारपछि निको भएका थिए। गएको शनिबारसम्म बारबर्दिया नगरपालिकाका ५ जना उपचारपछि डिस्चार्ज भएसँगै निको हुनेको संख्या ७२ पुगेको थियो।
कोरोना संक्रमित निको हुने क्रम बढ्दै गएपछि बर्दिया जिल्ला चाँडै नै कोरोना मुक्त हुने स्वास्थ्यकर्मीहरुले विश्वास व्यक्त गरेका छन्।