गुल्मी पहिरो : घाइतेहरुलाई नेपाली सेनाको हेलीकोप्टर मार्फत उपचारका लागि काठमाण्डौ लगियो

0
618

असार १९,२०७७ गुल्मी : इश्माको पहिरोमा परि घाइते भएकाहरुलाई नेपाली सेनाको हेलीकोप्टर मार्फत उपचारका लागि काठमाण्डौ लगिएको छ ।
पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्णराज बिष्टको पहलमा घाइतेहरुलाई नेपाली सेनाको हेलीकोष्टर मार्फत उपचारका लागि काठमाण्डौ लगिएको हो ।
इश्मा गाउँपालिका वडा नं १ हस्तिचौरको मल्दीमा गएको पहिरोमा परि घाइते भएका बर्ष २७ की इश्वरी खत्री , ६४ बर्षका टीका खत्री , बर्ष २५ का बसन्त खत्री , बर्ष २१ की सृजना सारु र ९० बर्षकी पुतली खत्रीलाई उपचारका लागि त्रिबी शिक्षण अस्पताल माहाराजगंज पठाइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

पहिरोमा परी बसन्त सारुका १८ महिने बालक सुरज सारु र इश्वरी खत्रीकी ७ बर्षकी छोरी अपेक्षा खत्रीको मृत्यु भएको छ ।
यस्तै मुसिकोट नगरपालिका वडा नं २ को हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्तीपसल पहिरोले बगाउँदा अन्दाजी ५५ बर्षिय भागीरथ घिमिरे बेपत्ता भएको उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए ।

SHARE