गुल्मीमा पहिरोले गोठ बगाउँदा १८ महिने बालकको मृत्यु , आमा घाइते छोरी बेपत्ता

0
443

तिलाचन पाण्डे
असार १९,२०७७ गुल्मी :अबिरल बर्षाका कारण गुल्मीमा पहिरोले गोठ बगाउँदा १८ महिने बालकको मृत्यु भएको छ ।
जिल्लाको इश्मा गाउँपालिका वडा नं १ हस्तिचौरको मल्दिमा राती पहिरोले गोठ बगाउँदा गोठमा सुतिरहेका बसन्त शारुका १८ महिने बालक शिजन शारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए ।
यस्तै सोही ठाउँमा पहिरोका कारण अन्दाजी २७ बर्षिय इश्वरी खत्री घाइते भएको र उनकी ७ बर्षकी नाम नखुलेकी छोरी बेपत्ता रहेको पन्थले जानकारी दिए ।
घटना स्थलमै प्रहरीको टोली जाँदै गरेकाले बिस्तृत बिबरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । पहिरोका कारण अन्य केही घरहरु जोखीममा रहेको स्थानीयहरुले बताएका छन्

SHARE