गुल्मीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि : एक जनाको ठेगाना खुलेन

0
333

तिलाचन पाण्डे
असार १७,२०७७ गुल्मी : गुल्मीमा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या तीन सय ३२ पुगेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा धुर्कोट गाउँपालिकाका ४ जना , चन्द्रकोट गाउँपालिकाका ३ जना र १ जनाको ठेगाना नखुलेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनीहरु सबै भारतबाट आई क्वारेन्टाइनमा बसेका रहेको कार्यालयले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ ।

SHARE