जानु पाण्डे,
असार १७, २०७७ कपिलवस्तु : कपिलवस्तुका थारु समुदायमा यती बेला धान रोप्ने चटारो छ । वर्ष भरीलाई पुराउने खाद्यान्नको लागी उनीहरू अहिले रोपाइमा व्यस्त छन् ।
चर्को गर्मीको मौसममा पनि उनीहरू निरन्तर काममा खटिएका छन् । गर्मी छल्न छतरी ९ बास र पात राखेर बनाएको छाता ओढेर खेतमा काम गरी रहेका छन् ।
धान रोप्नका लागी धेरै युवाहरू मुगलानबाट जन्म भूमि आएका छन् । १४ दिनको क्वारेनटाइन पछि युवाहरू घर पुगेका छन् । एक हप्ता देखी उनीहरू धान रोप्न, बीउ काढ्न व्यस्त देखिन्छन् । महिलाहरू धान रोप्छन् पुरुष हलो जोत्छन् बाँकी काम सबै मिलेर गर्छन् ।
सबैलाई चाडै सक्ने हतार रहेको छ । रोपाई सकिने दिन उनीहरू ‘शख्लाहारा ’ मनाउँछन् । शख्लाहाराको दिन हिलो खेल्ने , हरेरी गीत गाउने र साँझ खेरिया कर्कलोको एक परिकार० तथा माछा मासुको पिरो परिकार सँग मदिरा पान गर्दछन् ।