रामपुरमा सीताकुण्ड दुग्ध सहकारीद्धारा कृषकलाई घाँसको वीउ वितरण

0
566

सुशीला रेग्मी

रामपुर (पाल्पा), १७ असार : सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाले कृषकलाई अनुदानमा घाँसको वीउ वितरण गरेको छ ।
नेपाल सरकार संग खरिद गरेको घाँसको वीउ एक कार्यक्रमका बीच वितरण गरिएको छ । संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पशु सेवा शाखा कार्यालय रामपुरका प्रमुख तुल्सीराम काफ्ले, पशुधन सुरक्षण समितिका संयोजक नगिलाल पौडेल लगायतले घाँसको वीउ वितरण गर्दै घाँसमा आत्मनिर्भर बनेर आयस्रोत बृद्धि गर्न कृषकलाई अनुरोध गरेका छन् ।

सहकारीमा आबद्ध सेयर सदस्य, व्यवसायिक कृषकलाई सुपर नेपियर, सिओफोर, मुलाटो, बदामे, पासपलाम, सब्बा सेटरिया जातका घाँसको वीउ वितरण गरिएको व्यवस्थापक भविनारायण मरासिनीले बताए ।
संस्थाका सचिव विनोद श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रम कृषि तथा पशु सेवा शाखा कार्यालयमा भएको हो । सहकारीमा आबद्ध ६० कृषकलाई रामपुरमा नर्सरी स्थापना गर्न एक लाख बराबरको घाँसको वीउ वितरण गरिएको हो ।

SHARE