
तिलाचन पाण्डे
असार १६, २०७७ गुल्मी : गुल्मी जिल्लाका क्वारेन्टाइनमा रहेका महिलाहरुलाई मर्यादा किट बितरण गरिएको छ ।
गुल्मी जिल्लाको रेसुंगा नगरपालिका इस्मा ,रुरुक्षेत्र ,छत्रकोट , गुल्मी दरबार गाउँपालिकाका क्वारेन्टाइनमा रहेका ९१ जना महिलाहरुलाई मर्यादा किट तथा १६ जना किशोरीहरुलाई किशोरी किट वितरण गरिएको छ ।
क्वारेन्टाइमा भएका महिला तथा किशोरीहरुको आत्मबल तथा मनोबल बलियो बनाउन साथै क्वारेन्टाइन महिला मैत्री होस भन्ने उद्येश्यले मर्यादा किट वितरण गरिएको युएनएफपिएका प्रदेश इन्चार्ज राम थापाले जानकारी दिए ।
युएनएफपिए को आर्थिक सहयोगमा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले सो किट वितरण गरेको कार्यक्रमका संयोजक जियाउल हकले जानकारी दिए ।

महिलाहरुलाई आबश्यक पर्ने म्याक्सी , चोलो , पछ्यौरा , पेटीकोट , ब्रस , काइयो , भित्री बस्त्र लगायत महिनावारी हुँदा आवश्यक पर्ने सरसफाइका साम्रगीहरु सहित झोला बितरण गरिएको सिद्धार्थ सामाजिक विकास केन्द्रका तिलोचन घिमिरेले जानकारी दिए ।
साथै इश्मा गाउँपालिकाको कवारेन्टाइनमा बसी गुल्मी अस्पतालमा सुत्केरी महिलालाई पनि अस्पतालमै पुगेर मर्यादा किट बितरण गरिएको हो ।

रेसुंगा नगरपालिकाका कवारेन्टाइनमा बसेका महिलाहरुलाई मर्यादा किट हस्तान्तरण गर्दै नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले महिलाहरुमा आत्मबल बृद्धि भएको बताए । साथै उनले सहयोग गर्ने संस्थालाई समेत धन्यबाद दिए ।
त्यसै गरी यस्तै प्रकारका किटहरु प्रदेशका अन्य जिल्लाका क्वारेन्टाइन भएका महिला तथा किशोरीहरुलाई वितरण गरिएको संस्थाले जनाएको छ ।









