
सुशीला रेग्मी
रामपुर (पाल्पा), असार १५ ,२०७७ :असार १५ गते १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव पाल्पाको निस्दी गाउपालिका वडा नं ५ ढुंगानावेशिमा मनाइएको छ । वडा अध्यक्ष भिमबहादुर बयम्बुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउपालिकाका अध्यक्ष मुक्तबहादुर सारु रहेका थिए ।
धान दिवसको अवसरमा शुभकामना दिदै अध्यक्ष सारुले धान उत्पादन बृद्धि गरेर आत्मनिर्भर बन्न कृषकलाई अनुरोध गरे । धान दिवसको महत्वबारे कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिए । वडा सदस्य दुर्गाबहादुर सोमैको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव एकराज अर्यालले गरेका थिए ।
स्थानीय तर्कबहादुर बयम्बुको पाँच रोपनी जग्गामा सामुहिक धान रोपेर धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । गाउपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा दिवस मनाइएको हो ।






