गुल्मीका एक घरबेटीद्वारा एक महिनाको घर भाडा छुट

0
1020

मधुसुधन पाण्डे

असार १५ ,२०७७ गुल्मी  : गुल्मीका एक घरबेटीले एक महिनाको घरभाडा छुट दिएका छन।जिल्लाको रेसुङ्गा नगरपालिका तम्घास बैकरोडका ईन्द्र बहादुर बुढा मगरले एक महिनाको घर भाडा वापतको बीस हजार छुट दिएका हुन।
कोरोना महामारीको वेलामा व्यापार व्यवसाय नै बन्द रहेको र व्यापारी बर्ग लगायत बिद्यार्थीहरुले घरभाडा तिर्न नसक्ने भन्दै उनले भाडा छुट दिएका हुन ।
गाउँले किसान एग्रोभेट रहेको घरका घरधनी मगरले घरभाडा छुट दिएका हुन।विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको नोभेल कोराना भाईरस ९कोभिड(१९० को विषम परिस्थितिमा विश्व जगत नै लडिरहेको बेलामा मनकरी ईन्द्र बहादुरको यो कार्य सराहनीय रहेको छ।

सरकारले नै प्रत्येक घरधनीलाई घरभाडा छुट दिन आग्रह गरेपनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन

SHARE