गुल्मीमा एकै दिन १८ जना संकमित निको भए , जिल्लामा निको हुनेको सङख्या ७९ पुग्यो

0
409
फाइल फोटो

तिलाचन पाण्डे
असार १५,२०७७ गुल्मी  : गुल्मीमा सोमबार एकै दिन १८ जना कोरोना संक्रमित निको भएका छन् ।
सदुमुकाम तम्घासमा रहेको महेन्द्र माध्यमिक बिधालयको आइसोलेशनमा बस्दै आएका १८ जना संक्रमित उपचार पछि निको भएको रेसुङगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।
उनीहरुलाई एक कार्यक्रमका बिच नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र उपप्रमुख सीता भण्डारीले बिदाई गरेका हुन् ।
निको भएर घर जान लागेकाहरुलाई भुसालले कम्तिमा  एक हप्ता होम क्वारेन्टाइनमा बस्नका लागि आग्रह गरेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यका अनुसार जिल्लामा हालसम्म ७९ जना संक्रमित उपचारपछि निको भएका छन् ।
आचार्यका अनुसार रेसुङगा नगरपालिकाका ३६ जना , इश्मा गाउँपालिकाका १० जना , मदाने गाउँपालिकाका १ , चन्द्रकोट गाउँपालिकाका १३ जना , धुर्कोट गाउँपालिकाका १ जना , गुल्मीदरवार गाउँपालिकाका ४ जना रुरुक्षेत्र गाउँपालिकाका ५ , मालिका गाउँपालिकाका ४ जना , सत्यवती ६ गरी कुल ७९ जना संक्रमित उपचार पछि निको भएका हुन् ।
उनीहरु सम्बन्धित गाउँपालिका र नगरपालिकाले तयार गरेको आइसोलेशनमा बस्दै आएका जिल्ला स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लामा दूईसय ४६ जनाको आइसोलेशनमा राखेर उपचार गरिएको छ भने एक हजार ५७७ जना क्वारेन्टाइनमा रहेका छन् ।
गुल्मी जिल्लामा पाँच हजार २५१ जना क्षमता रहेका क्वारेन्टाइनहरु बिस्तारै खाली हुँदै गएका छन् ।
जिल्लामा कूल दूई सय ८७ जना संक्रमित मध्ये ७९ जना उपचार पछि निको भएका हुन् ।
संक्रमणका कारण जिल्लामा तीन जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।

SHARE