तिलाचन पाण्डे
असार १५,२०७७ गुल्मी : गुल्मीमा सोमबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या तीन सय २४ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गुल्मीदरवार गाउँपालिकाका २१ जना रुरु क्षेत्र गाउँपालिकाका ८ जना र छत्रकोट गाउँपालिकाका ८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी गोपाल कार्कीले जानकारी दिए । उनीहरु ६ देखि ६० बर्ष उमेर समूहका रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
संक्रमण देखिएका सबै भारतबाट आएको कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ भने ७९ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।