
तिलाचन पाण्डे
असार १५,२०७७ गुल्मी : गुल्मीमा ट्याक्टर अनियन्त्रीत भई पल्टिदा सह चालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
जिल्लाको इश्मा गाउँपालिका वडा नं वडा नं २ स्यालामा लु ३ त ३२६७ नंम्बरको ट्याक्टर अनियन्त्रीत भई पल्टिदा गुल्मीदरवार गाउँपालिका वडा नं ६ का अन्दाजी १३ बर्षिय सहचालक बिकाश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए ।
ट्याक्टर चालक रेसुंगा नगरपालिका वडा न १० का अन्दाजी २५ बर्षका बिष्णु परियारको ढाड र टाउँकोमा चोट लागेका कारण उनको लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि पठाइएको डिएसपी पन्थले जानकारी दिए ।
इश्माको रातडाडाँ देखि छल्दीपनाहातर्फ आउँदै गरेको खाली ट्याक्टर अनियन्त्रीत भई सडक देखि करिब १५० मिटर तल खोलामा झरेकोे जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । शबलाई घटनास्थलको मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।








