औषधिको समुचित प्रयोगको लागि गुल्मीदरवारमा आधारभुत तालिम

0
1358

रामकृष्ण कंडेल, असार १४ ,२०७७ गुल्मी : गुल्मीदरबार गाउँपालिका स्वास्थ्य शााखाको आयोजनामा औषधिको समुचित प्रयोग प्रवद्र्धनको लागि समुह शिक्षा कार्यक्रम तथा आधारभुत स्वास्थ्य सेवा सम्बन्धि तीन दिने अभिमुखिकरण कार्यक्रम गाउँपालिकाको सभाहलमा आइतबार सुरु भएको छ ।

गाउँपालिका भित्रका ७ वटै वाडका गरि १७ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अशोककुमार थापाले कोभिड १९ को रोकथाममा स्वास्थ्यकर्मीहरुले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाइ धन्यवाद दिदै कार्यक्रमको सफलताको सुभकामना दिए ।
अभिमुखिकरण कार्यक्रममा बिषेश उपस्थिति रहेका गाउँपालिकामा भर्खरै कार्यभार समालेका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले कार्यक्रमको सफलताको शुभकामना दिदै सम्पुर्ण स्वास्थ्यकर्मीहरु लाई कुनै पनी कार्यक्रम गर्दा जवाफदेहिता सहितको कार्यक्रम हुनु पनमा जोड दिए ।
कोभिड १९ को रोकथाममा स्वास्थ्यकर्मीहरुले पुर्याएको योगदानको उच्च प्रशंसा गरिने र कर्मचारिको पिर मर्का लगाएत सेवा सुविधाको बारेमा आफु सधै सकारात्मक रहेको , सम्पुर्ण कर्मचारि , जनप्रतिनिधि र आम जनताहरुको समन्वयमा भ्रष्टाचारको सुन्य सहनसिलताका साथमा सुखि र समृद्ध गाउँपालिका बनाउने एक मात्र लक्ष्य रहेको बताए ।
गाउँपालिका उपाध्यक्ष मिना भण्डारिको सभापतित्व रहेको कार्यक्रममा स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले ओपिडि टिकट अर्थात प्रिस्किप्सनमा सहि तरिकाले लेखि गाउँपालिकाभर एक रुपता कायम गर्ने , एन्टिबायोटिकको समुचित प्रयोग गर्ने, औषधिको प्रयाप्त मौज्दातको ब्यवस्था मिलाउने र आवश्यकता अनुरुप खर्च गर्ने , औषधिको उचित भण्डारनको ब्यवस्थापन मिलाउने, अभिलेख र प्रतिवेदन सहि समयमा सहि तरिकाले गर्न ब्यवस्था मिलाउने अभिमुखिकरण कार्यक्रमको उद्देश्य रहेको बताए ।


मंगलबार सम्म चल्ने कार्यक्रमको सहजिकरण स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गरेका थिए ।

SHARE