गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

0
462

तिलाचन पाण्डे
असार १४,२०७७ गुल्मी : गुल्मीमा आइतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या दूई सय ८७ पुगेको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीदरवार गाउँपालिकाका ११ जना र रेसुंगा नगरपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनीहरु १४ देखि ४४ बर्ष उमेर समूहका रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
संक्रमण देखिएका सबै भारतबाट आएको कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ ।

SHARE