अबरुद्ध पाल्पा बुटवल सडक एकतर्फी सुचारु

0
661

सुशीला रेग्मी

रामपुर (पाल्पा), १४ असार :  पाल्पा बुटवल सडकखण्डको तिनाउँ गाउँपालिका वडा नं ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर अबरुद्ध बनेको सडक अहिले एकतर्फी सुचारु भएको छ ।

आईतबार बिहान ६ : २५ वजेको समयमा अबिरल वर्षाका कारण मािथबाट खसेको पहिरोले सडक अबरुद्ध बनेको थियो । सो सडक बिहान ९ : ३० वजेबाट एकतर्फी रुपमा संचालनमा आएको र दुईतर्फी नै सडक खुलाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यसैगरी रामपुर आर्यभन्ज्याङ्ग सडकखण्ड अन्र्तगत पूर्वखोला गाउँपालिका १ स्थित चापगैरा क्षेत्रमा वर्षाले माथिबाट पहिरो खसेपछि सडक अबरुद्ध भएको छ । डोजर लगाएर बाटो खुलाउने कार्य भइरहेको छ ।

SHARE