गुल्मीमा पहिरोले घर र गोठ बगायो

0
674
फाइल फोटो

तिलाचन पाण्डे
असार १४,,२०७७ गुल्मी :लगातार परेको बर्षाका कारण गुल्मीमा पहिरोले घर गोठ बगाएको छ ।
गुल्मीदरवार गाउँपालिका वडा नं १ बलिथुमका लोकबहादुर सनारीको घर , गोठ बगाएको र मानवीय क्षती भने नभएको स्थानीय मनिराम ज्ञवालीले जानकारी दिए ।
राती करिब एकबजेको समयमा गएको पहिरोका कारण सनारीको घरगोठ बगाउनुका साथै दुहुँनो गाई , दुहुँनोे भैसी , चारवटा बाख्रा , सुगुर , कुखुरा संगै घरमा भएको सबै सामान बगाएको हो ।
उनीहरुलाई अहिले स्थानीय जनज्योती प्राबिमा राखिएको र क्षतीको बिबरण संकलनको कार्य भइरहेको वडा अध्यक्ष रामबहादुर पल्लीले जानकारी दिए ।
नजिकै रहेका तीन घर पनि जोखिममा रहेका कारण उनीहरुलाई पनि बिधालयमै राखिएको पल्लीले जानकारी दिए ।
घटना स्थलमा प्रहरीको टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खडकाले जानकारी दिए ।
तत्कालका लागि उनीहरुलाई स्थानीय बिधालयमा राखिएको र कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बारेमा छलफल भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

SHARE