
तिलाचन पाण्डे
असार १३,२०७७ गुल्मी : गुल्मीमा शनिबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए । यो संगै जिल्लामा संक्रमितको संख्या दूई सय ७५ पुगेकोे छ ।
संकमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका ६ जना , रेसुंगा नगरपालिकाका १ जना , छत्रकोट गाउँपालिकाका ८ जना , र ठेगाना नखुलेका ३ जना रहेको आर्चायले जानकारी दिए । संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । ठेगाना नखुलेकाहरुको पहिचान गर्ने कार्य जारी रहेको आर्चायले जानकरी दिए ।
जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ ।
३४ जनाले कोरोना जिते
गुल्मीमा हालसम्म ३४ जनाले कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायका अनुसार रेसुङगा नगरपालिकाका १७ जना , इश्मा गाउँपालिकाका १० जना , मदाने गाउँपालिकाका १ , चन्द्रकोट गाउँपालिकाका १ जना , धुर्कोट गाउँपालिकाका १ जना , गुल्मीदरवार गाउँपालिकाका २ जना र मालिका गाउँपालिकाका २ जना गरी कुल ३४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् ।
शुक्रबार मात्रै इश्मा गाउँपालिकाले तयार पारेको आइसोलेशनबाट एकै पटक १० जनाले कोरोना जितेको आर्चायले जानकारी दिए ।
उनीहरु सम्बन्धित गाउँपालिका र नगरपालिकाले तयार गरेको आइसोलेशनमा बस्दै आएका थिए ।








