गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि , जिल्लामा संक्रमितको संख्या दुई सय ५७ पुग्यो ।

0
416

तिलाचन पाण्डे
असार १२, २०७७ गुल्मी :  गुल्मीमा शुक्रबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए ।
यो संगै जिल्लामा संक्रमितको संख्या दूई सय ५७ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
संकमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका ५ जना , इश्मा गाउँपालिकाका ४ जना ,रुरुक्षेत्र गाउँपालिकाका ३ जना रहेको आर्चायले जानकारी दिए । उनीहरुको उमेर समुह १९ देखि ३५ बर्ष सम्मका रहेका छन् ।
संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ ।

SHARE