बडिगाड गाउँपालिकामा सूचना अधिकारीको दम्भ  : नीति तथा कार्यक्रममा पत्रकारलाई रोक

0
753

बिमल खड्का
असार ११,२०७७ गुल्मी : बडिगाड गाउँपालिकाका सूचना अधिकारी थम्मन रेश्मीले पालिकाको ७ औं नीति तथा कार्यक्रममा पत्रकारलाई प्रवेशमा रोक लगाएको घटना सार्वजनिक भएको छ ।
बुधबार पालिकाको नीति तथा कार्यक्रममा पालिकाभित्र रहेका पत्रकारलाई सूचना अधिकारी रेश्मीले प्रवेशमा रोक लगाएका हुन् ।
पालिकाको नीति तथा कार्यक्रममा पत्रकारले फोन गरेपछि पत्रकारलाई नीति तथा कार्यक्रममा प्रवेश नभएको बताएपछि पालिका पुगेका पत्रकार फर्किएका थिए ।
पालिकाको सूचना जनतामा पुर्याउने जिम्मेवारी पाएका रेश्मीले सूचना पत्रकारलाई समेत नदिँदा उनको तीव्र आलोचना भएको छ । हाकिम शैलीमा प्रस्तुत हुने रेश्मीले गाउँपालिकामा भएका सूचनासमेत लुकाउने र सार्वजनिक नगर्ने गरेका छन् ।

पालिकामा ल्याइएको स्वास्थ्य सामग्री टेन्डर प्रक्रियाबाट खरिद गर्नुपर्ने नियम भएपनि सूचना अधिकारी रेश्मीले बिना प्रतिस्पर्धा स्वास्थ्य सामग्री ल्याएका छन् ।
पालिकाभित्र कुनै पनि सामग्री खरिद गर्दा टेन्डर प्रक्रियाबाट ल्याउनु पर्ने भएपनि उनले आफूखुसी सामान खरिद कार्यपालिकाका एक सदस्यले जानकारी दिए ।
उनले स्वास्थ्य साम्रगी खरिद गरेको बिल अहिलेसम्म सार्वजनिक समेत नगरेको बताए।

SHARE