गुल्मी जिल्ला समाज युकेद्धारा ठुलो परिणाममा स्वास्थ्य सामग्री प्रदान

0
458

टोपलाल अर्याल
असार ११ , २०७७ गुल्मी :गुल्मी जिल्ला समाज युकेले उपल्लो तम्घास आइसोलेसनसहित चार स्थानीय तहको स्वास्थ्य केन्द्रलाई अध्याधुनिक स्वाब संकलन तथा ज्वरो क्लिनिक कक्ष प्रदान गरेको छ ।
चार स्थानीय तहमा छत्रकोट, रुरु क्षेत्र, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको स्वास्थ्य केन्द्रलाई एक÷एक थान अध्याधुनिक स्वाब संकलन तथा ज्वरो क्लिनिक कक्ष प्रदान गरिएको सहयोग सामग्रीको व्यावस्थापन गरिरहेका शुभलक्ष्मी फर्माका व्यावस्थापक होम पल्लीले जानकारी दिए ।
त्यस्तै गुल्मी जिल्ला अस्पताललाई २० थान पिपिइ सेट र दुई थान थर्मल गन प्रदान गरिएको पल्लीले बताउनुभयो । त्यस्तै समाजले जिल्लाका सात स्थानीय तहलाई कोरोना बिरुद्ध प्रयोग गरिने महत्वर्पूण स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।
गुल्मी दरवार, कालिगण्डकी, सत्यवति, इस्मा, धुर्कोट, मालिका र मदाने गाउँपालिकालाई २० थान पिपिइ सेट र दुई थान थर्मल गन प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।
त्यस्तै जिल्ला बिपद् व्यावस्थापन समिति, पत्रकार, नगर तथा गाउँपालिका प्रमुखहरुलाई एक÷एक थान केएन नाइन्टि फाइम माक्स समाजले प्रदान गरेको छ । समाज मार्फत प्राप्त सवै सामग्रीहरु जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सम्बन्धित स्थानीय तह र गुल्मी अस्पताललाई प्रदान गरेका हुन् ।
गुल्मी जिल्ला समाज युकेका प्रतिनिधी लक्ष्मण गौतमले जिल्लाका सवै किसिमका बिपद्हरुमा आफुहरुको साथ र सहयोग यो नौलो नभएको बताउनुभयो । उहाँले युके समाज मार्फत आगलागी, बाढी पहिरो, भुकम्प, दिर्घ रोगी र थुप्रै गैरसरकारी कार्यालयहरुलाई सहयोग पुराउँदै आएको बताए ।
सामग्री प्रदान गर्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले परदेशमा भएर पनि जन्मभुमीप्रति प्रवासीले देखाएको सहयोग अतुलनिय भएको बताए ।
गुल्मी जिल्ला समाज युकेलाई बिशेष धन्यबाद दिर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको पराजुली र शर्माले गरे ।

SHARE