तिलाचन पाण्डे
असार ११,२०७७ गुल्मी : देशमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । रोग भन्दा गाउँघरमा हल्ला संगै त्रास पनि बढी देखिन्छ ।
दिनभर सामाजिक काममा ब्यबस्त भई साँझ घरमा फर्किदा परिवार र छिमेकिले कतै कोरोना लिएर त आएनन् भन्दै शंका गर्ने गर्दछन् । तर पनि गुल्मीका एक वडा अध्यक्षले दैनिक रुपमा एका बिहानै २ लिटर दुध लिएर तम्घासको आइसोलेशनमा बसेका बिरामीको स्वास्थ्य अबस्था कस्तो छ भन्दै पुग्ने गरेका छन् ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नारायण बरालले दैनिक रुपमा आफू २ लिटर दुध लिएर बिरामीहरुको स्वास्थ्य अबस्था बुझन जाने गरेको बताए ।
आत्मबल र दृणबिश्वासले कोरोनालाई सहजै रुपमा जित्न सकिने उनकोे सुझाब छ । खानपान संगै तनाब नलिनका लागि पुस्तकहरु पढ्ने , गीत संगित सुन्ने र सामाजिक संजालमा आएका होहल्लाको पछि नलाग्न पनि उनले आग्रह गरे ।
बिगत २५ दिन देखि दैनिक रुपमा बिहान २ लिटर दुध लिएर पुग्ने गरेका बरालले उनीहरुसंगै एकैछिन भलाकुसारी गरेर आउने गरेका छन् । बिहान मात्रै नभई दिनको दुई तीन पटक उनी आइसोलेशनमा जाने र त्यहाँको अबस्थाबारे बुझने गर्छन् ।
बाहिर जस्ले जे भनेता पनि आफूले सक्दो सहयोग गर्नुपर्दछ भन्दै ब्याक्तिगत रुपमा दुध लिएर भेटन जाँदा बिरामीहरुलाई आत्मबल पनि बढ्ने गरेको र आफनो कर्तब्य पनि भएको उनले बताउँदै आएका छन् ।
रेसुंगा नगरपालिका वडा नं ९ को आइसोलेशनमा ९ जना बिरामीहरु बस्दै आएका छन् । उनीहरुले एका बिहाँनै दुध लिएर भेटन आउँदा र स्वास्थ्य अबस्था कस्तो छ भनेर बुझदा आफूहरुलाई आफनो नजिकको अभिभाबक आएजस्तो अनुभूति भएको आइसोलेशनमा बसेका एक युवाले बताए ।
आफनै मान्छेहरुले पनि संक्रमितलाई घृणको रुपमा हेर्ने गरेको उनीहरुले बताएका छन् । जनप्रतिनिधि एका बिहानै दुध लिएर भेटन आउँदा आफूहरुलाई धेरै खुसी लागेको आइसोलेशनमा बस्दै आएकाहरुले बताएका छन् ।