मालिकाको प्राथमिकता  :आर्थिक बिकाश, बिपत् ब्याबस्थापन र कृषि पशुपालनमान जोड

0
946

मनोज कार्की
असार ११ ,२०७७ गुल्मी  : गुल्मी जिल्ला मालिका गाउँपालिकले आगमि आर्थिक बर्ष २०७७। ०७८ को लागि बजेट बिनियोजन गरेको छ ।
गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजालले ४७ करोड ६९ लाख १७ हजार ५ सय रुपैयाँको बजेट गाउँसभामा पेश गर्नुभएको हो । मालिका गाउँपालिकाले यस बर्ष आर्थिक बिकास,बिपत् ब्याबस्थापन ,कृषि ,पशुपालन,रोजगारि ,बिकाश पुर्वाधार निर्माण ,खरका छाना बिस्थापित ,एक घर एक धारा जस्ता बिषयलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष रिजालले बताउनु भयो ।
गाउँपालिकाले निति तथा कार्यक्रममा चालु तर्फ ७ करोड ४६ लाख ८७ हजार ५ सय पुजिँगत तर्फ १३ करोड ६३ लाख ८० हजार बिनियोजन गरेको छ ।
आगामी बर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य ,शिक्षा,कृषि ,पर्यटन,खानेपानी ,युवालाई रोजगार ,बिद्युत ,अपाङ्ग,बालबालिका तथा महिला लगाएतका बिभिन्न क्षेत्रको बिकाशलाई जोड दिदैँ निति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
चालु आवमा कोभिड–१९ का कारण सम्पन्न हुन नसकेका योजनाहरुको कार्यान्वयन ,बजेटका मुख्य प्राथमिकताहरु अनिवार्य दायित्व, बहुवर्षीय क्रमागत योजना, , ममर्त सम्भार कोष, पूर्वाधार विकास, पूँजिगत भैपरी, प्रकोप शैक्षिक विकासजस्ता विभिन्न कोषहरु समेटिएको छ ।

बजेका केहि नयाँ पक्ष
गाउँपालिकाले युवाहरुको उद्यमशिलता लाई प्रबद्धनका लागि ३ करोड भन्दा बढि बिना ब्याजको रकमको सहकारी संग साझदारी गर्ने र ब्याजको रुपमा २४ लाख छुट्याएको छ ।
यातयातमा गाउँपालिका का नागरिकलाई सहजता दिनको लागि गाउँपालिकाले निजि क्षेत्र संगको साझेदारी गर्नेको लागि १० लाख छुट्याएको छ ।
शिक्षाको गुणस्तरमा बृद्धि गर्नेको लागि शिक्षकले क्यामपसमा पढे बापत क्याम्पसमा साझेदारी गर्नेको लागि २ लाख रुपैँया बिनियोजन गरेको छ ।
सामाजिक क्षेत्रमा सबै कामलाई श्रममुलक बनाउनको लागि गाउँपालिकाका कम्तिमा १५ सय नागरिकलाई रोजगारि दिने भएको छ ।
महिला ,अपाङ्ग बालबालिका लाई रोजगार सेवा केन्द्र, निर्माण टोल सुधार समिति लगाएतका क्षेत्रमा पहल गरेको छ ।

SHARE