धुर्कोटमा ४९ करोड ६० लाखको बजेट पेश

0
382

हुमाकान्त पोखरेल
असार १०,२०७७ गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिकाले आर्थिक बर्ष २०७७÷७८ को लागि अनुमानित बजेट गाउँसभामा पेश गरेको छ ।
बुधबार गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले ४९ करोड ६० लाख १८ हजार २९१ बराबरको बजेट गाउँसभामा पेश गरेका छन् । जसअन्तरगत आयतर्फ संघिय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ९ करोड ३५ लाख, शसर्त अनुदानतर्फ २४ करोड १२ लाख, राजश्व बाडफाडबाट ६ करोड ८७ लाख २८ हजार १८० रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ५० लाख ४० हजार, शसर्त अनुदान पुँजीगततर्फ १ करोड ७३ लाख ५० हजार, राजस्व बाडफाडबाट ४० लाख, आन्तरिक राजस्वबाट ३६ लाख १११ रहेको छ ।
संघिय सरकारबाट समपुरक अनुदान १ करोड १६ लाख, प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख, संघिय सरकारबाट विशेष अनुदान १ करोड, प्रदेश सरकारबाट विशेष अनुदान ६० लाख र आ.व. ०७६÷७७ को बैंक मौज्दात २ करोड रहेको छ ।
त्यस्तै व्ययतर्फ बिषयगत कार्यालयको सर्शत अनुदान २४ करोड १२ लाख, गाउँपालिकाको चालु खर्च ६ करोड ५० लाख रहेको छ । भने समष्टिगत पूँजीगत खर्चतर्फ १८ करोड ९८ लाख १८ हजार २९१ रहेको गाउँपालिकाका उपाध्यक्ष शिव बहादुर खत्रीले जानकारी दिए । गाउँपालिकाले वडा प्रत्येक वडामा आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, वन, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकासको शिर्षकमा बजेट विनियोजन गरेको छ ।
जसमा वडा नम्बर १ नयागाउँमा ४२ लाख, वडा नम्बर २ पिपलधारामा ४१ लाख, वडा नम्बर ३ हाडहाडेमा ४४ लाख, वडा नम्बर ४ जैसिथोकमा ४० लाख रहेको छ । वडा नम्बर ५ वस्तुमा ४० लाख, वडा नम्बर ६ रजस्थलमा ४१ लाख तथा वडा नम्बर ७ वाग्लामा ४४ लाख रहेको खत्रीले जानकारी दिए ।
गाउँपालिकाले भौतिक विकासतर्फ २ करोड ४ लाख, सामाजिक विकासतर्फ १ करोड २५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ ५ करोड ४५ लाख विनियोजन गरेको छ । वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ५ लाख र सुशासन तथा संस्थागत विकासफर्त ४२ लाख विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष खत्रीले जानकारी दिए । बुधबार पेश भएको बजेटमाथि असार १४ गते आइतबाट छलफल गरी पारित गर्ने खत्रीले बताए ।

SHARE