धुर्काेट गाउँपालिकामा १ सय ५६ जनामा पिसिआर र ५ सय ९० जनामा आरडिटि टेष्ट, सँक्रमित सँख्या २३ पुग्यो।

0
531

सम्झना पोख्रेल÷गुल्मी :
गुल्मीको धुर्कोट गाउँपालिकामा हाल सम्म १ सय ५६ जनाको आर टि( पिसिआर रिभर्स ट्रान्सक्रिप्सन ( पलिमरेज चेन रियाक्सन अर्थात (आर टि पिसिआर) टेष्ट र ५ सय ९० जनाको र्यापिड डाइगोनोष्टिक अर्थात (आरडिटि) टेष्ट गरिएको छ ।
पिसिआर टेष्ट गरिएका मध्ये १ सय ३३ जनाको रिर्पोट नेगेटिभ आएको छ भने २३ जनाको पिसिआर रिर्पोट पोजेटिभ देखिएको छ । यस सँगै हाल सम्म धुर्काेट गाउँपालिकामा कोरोना सँक्रमितको सँख्या २३ रहेको छ । ५ सय ९० जनाको आरडिटि गरिएकोमा ५ सय २० जनाको रिर्पोट नेगेटिभ आएको छ र ७० जनाकोे रिर्पोट पोजेटिभ आएको धुर्कोट गाउँपालिकाका कोरोना बिशेष सुचना अधिकारी डिल्ली पराजुलीले बताए ।
हाल सम्म धुर्काेट गाउँपालिकामा २३३ जना क्वारेन्टिनमा रहेका छन् । जसमध्ये १ सय ७० जना पुरुष र ६३ जना महिला छन् । वडा न. १ मा ८ महिला १८ जना पुरुष गरी २६ जना, वडा न. २ मा ३ महिला १६ पुरुष गरी १९जना, वडा न. ३ मा १० महिला ३१ पुरुष गरी ४१ जना, वडा न. ४ मा १७ महिला ५३ पुरुष गरी ७० जना, वडा न. ५ मा ७ महिला १९ पुरुष गरी २६ जना, वडा न. ६ मा ८ महिला ८ पुरुष गरी १६ जना र वडा न. ७ मा १० महिला २५ पुरुष गरी ३५जना गरी कुल सँख्या २ सय ५८ रहेको छ ।
कोरोना सँक्रमित बढे सँगै गाउँपालिकाले एक सुचना जारी गर्दै सबै स्वाथ्य सँस्थाहरुलाई व्यवस्थित आइसोलेशन निमार्ण गर्न आग्रह गरेको छ । प्रत्येक वडाको एउटा मा. वि लाई न्युनतम ३० जना अट्ने आइसोलेशन निमार्ण गर्ने, कोभिड १९ पुष्टि भई लक्षण नदेखिएका व्यक्तिलाई सम्बन्धित वडाको आइसोलेशन कक्षमा राख्ने, कारोना भाइरसका गम्भीर लक्षण देखिएका व्यक्तिहरुलाई जिल्लाको आइसोलेशनमा रिफर गर्ने व्यवस्था मिलाउने, सँक्रमित बसेको आइसोलेशनमा सम्बन्धित स्वास्थ्य सँस्थाले १ जना नर्सिङ्ग र १ जना पारामेडिक्स गरी २ जना स्वास्थ्यकर्मि खटाउने व्यवस्था गर्ने, आइसोलेशनमा बस्ने व्यक्तिलाई बिहान एउटा अण्डा, साँझ १ गिलास दुध(बेसार राखेर) र हरियो तरकारी, दाल सहित गुणस्तरीय खाना खुवाउने व्यवस्था गर्ने, आइसोलेशनमा रहँदा ७ दिन सम्म लक्षण नदेखिएमा (स्वाव सँकलन गरेको १५ दिन) र थप ७ दिन होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउने जस्ता निर्णय कार्यन्वयन गर्न पालिका भित्रका सबै स्वास्थ्य सँस्थालाई आग्रह गरेको छ ।
धुर्कोट गाउँपालिकामा शुक्रबार थप २० जनामा कोरोना सँक्रमित थपिएका छन् । पहिले पालिकामा सँक्रमितको सँख्या ३ रहेकामा ३ जनालाई धुर्कोट गाउँपालिका वडा न. ४ मा रहेको देविस्थान प्राथमिक विद्यालयको आइसोलेशनमा राखिएको छ भने १ जना उपचार पछि निको भएका र १ जना दिर्घरोघि भएको कारण उपचारको क्रममा निधन भएको थियो

SHARE