बिपदमा मेयरले फोन उठाउँदैनन् , उपमेयरसंग फोन सम्पर्क हुदैन

0
321

सागर भण्डारी,
असार ९,२०७६ गुल्मी :लगातारको वर्षासगैं मुसिकोट नगरपालिका वडा नं ४ दजाकोटका ८ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् ।
उक्त स्थानका चुरा बहादुर छन्त्यालको घर आगन तलबाट पहिरो गएपछि उनको परिवारसगैं सगैं रहेका छिमेकी हुमानसिहं छन्त्यालकोे परिवार विस्तापित नै बनेका छन् । त्यस्तै अन्य ८ घर परिवार पनि पहिरोको उच्च जोखिममा रहेको विमल छन्त्यालले जानकारी दिए ।

त्यस्तै सोही ठाउँकै बोम बहादुर छन्तेल, रेसम छन्तेल, ढाल बहादुर गाहा, नगर बहादुर गाहा, गान बहादुर गाहा, सिब बहादुर गाहा, पोम बहादुर गाहा र यमबहादुर गाहाको घर पहिरोको उच्च जोखिममा परेको छ । पहिरोको जोखिम बढेपछि आफु ८ सदस्यीय परिवार सहित बगांलोमा आश्रय लिएर बसेको हुमानसिहं छन्तेलले बताए । अन्यले भने ४ दिन देखि कोही बगांलामा त कोही टहरो निर्माण गरेर बसेको उनले दुखेसो छ ।

जोखिम मोलेरै बस्न बाध्य
बाटो मुनिबाट वस्तिको ख्यालनै नगरी जवरजस्ती मोटरबाटो खनिएका कारण अहिले वर्षासगैं आफुहरु पहिरोको जोखिम मोलेर बस्न बाध्य भएको उनले बताए । भुबनोट र बस्तीलाई ध्यानमा राखेर बाटो खन्नका लागि अन्य विकल्पहरु रहेपनि घर मुनिबाटै बाटो खन्दा बर्खा लागेसगैं पहिलो वर्ष नै घर मुनिबाटै पहिरो गएको उनले बताए ।

नगरपालिकाले एक नजर नी लगाएनन्
पहिरो गएलगत्तै नगरपालिकालाई खबर गरेपनि अहिलेसम्म नगरपालिका अनुगमनका लागि समेत एकपल्ट नपुगेको पीडितहरुले गुनासो गरेका छन् । मेयर उपमेयरलाई जानकारी गराउँदा समेत कुनै जानकारी नै नभएजस्तो गरी बसेको उनीहरुको भनाई छ ।

विकासले निम्त्याएको विनास

मुसिकोट नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्यक्रम अनुसार वडा नं ४ अन्तर्गत मालाचिदी, छाप, दजाकोट, गुजुङ्गा, जेगां, पाईडाँडा फेँदी मोटरबाटो योजनाका लागि १५ लाख रुपैयाँ विनियोजन भएको थियो ।
उक्त सडकखण्ड अन्तर्गत दजाकोट र गजुङ्गा सडक खण्ड निर्माण गर्दा स्थानीयले उक्त खण्डमा भू धरातल कमजोर रहेको र बाटो खन्दा त्यसक्षेत्रका वस्तिहरु जोखिममा रहेको भन्दै बाटो निर्माण नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका थिए ।

स्थानीयले सडक निर्माणमा अवरोध सिर्जना गरेपछि नगरपालिकाले ईन्जिनियर राजेन्द्र गौतम लगायतको प्राविधिक टोली सहित अनुगमन समितिले पुन ः स्थलगत निरीक्षण गरेको थियो । उक्त अनुगमनले पुन ः सोही खण्डबाट मोटरबाटो निर्माण कार्य अगाडी बढाउन र ग्रेड नबिग्रने , विद्यालय लगायत लाभान्वित जनसंख्या समेत बढी हुने भन्दै जोखिम हुनसक्ने ठाउँमा मेसिनरी वाल सहित मोटरबाटो निर्माण गर्न आग्रह गरेको थियो ।

तर अनुगमन समितिले भने बमोजिमको बाटो निर्माण नहुँदा र आफुहरुले पहिलेनै उक्त सडक खण्डमा बाटो निर्माण गर्न नहुने र बस्ति खतरामा पर्ने भनी जानकारी गराएपनि जवरजस्ती बाटो निर्माण गर्दा अहिले स्थानीयनै विस्तापित हुने अवस्था आएको मुसिकोट नगरपालिकाका खेलकुद सयोंजक समेत रहेका विमल छन्त्यालले बताए । उक्त सडकखण्ड निर्माणाधीन रहेकै अवस्थामा घर मुनीबाटै जमिन भासिएको र वर्षा पर्दा झनै खतरा बढ्दै गएको हो ।

नगरपालिकाले ध्यान नदिएको गुनासो

उनले नगरपालिकालाई पहिरो गएको र वस्ती जोखिममा रहेको खबर गरेपनि कुनै प्रतिक्रिया नदिएको बताए । उपप्रमुखलाई शनिवार फोन गर्दा आफु शनिवार आउन नसक्ने प्रतिक्रिया दिएको उनले बताए ।
अहिले पहिरोको डरले छन्त्याल लगायत २ घर परिवार घरबाटै बसाई सरी अन्यत्र गई बसेका छन् । भने बाँकी रहेका घरमा पनि त्रास सिर्जना भएको छ । आकाशबाट पानी बर्षाना साथ आफुहरुलाई कतै पहिरोले लाने होकी भन्ने त्रास बढेको पीडित हुमानसिहं छन्त्यालले बताए ।
बिपदमा नगरप्रमुखले फोन उठाउँदैनन् , उपमेयरको फोन लाग्दैन

विपदको समयमा परेको यो अर्को विपदलाई सामना गर्न नगरपालिकाले यथाशक्य आफुहरुलाई वैकल्पिक वस्ती स्थानान्तरण गर्न उनले आग्रह पनि गरे । यस विषयमा हामीले सम्पर्क गर्न खोज्दा नगरप्रमुखको फोन उठेन भने उपप्रमुखको फोन सम्पर्क हुन सकेन ।

वडा नं ४ का वडाध्यक्ष ओमबहादुर केसीले भने उहाँहरु अहिले खतरामुक्त रहेको र २ परिवारलाई स्थानान्तरण गरी टहरोमा राखिएको बताए । पहिरोबाट विस्थापित बनेका २ घरपरिवारलाई अहिले अस्थायी रुपमा व्यवस्थापन गरिएको र हिँउद सुरु भएपश्चात उनीहलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने उनले बताए ।
उनीहरुले भनेजस्तो विपत्ति नभई सामान्य अवस्था रहेको र कतै विपत्ति हुन्छकी भनेर वडाकार्यालय मार्फत टिन उपलब्ध गराई अस्थायी रुपमा व्यवस्थापन गरिएको बताए ।
साथै उनले रातको १२ बजेसम्म समेत फिल्डमा खटिएको उनको प्रतिक्रिया थियो ।साथै उक्त सडकखण्ड निर्माणको काम शनिवार देखि रोकिएको समेत उनले दाबी गरे

SHARE