गुल्मीमा मंगलबार ३ जनामा कोरोना संक्रमण पुष्टि , जिल्लामा संक्रमितको संख्या दुई सय ४० पुग्यो

0
373

तिलाचन पाण्डे
असार ९, २०७७ गुल्मी : गुल्मीमा मंगलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए ।
यो संगै जिल्लामा संक्रमितको संख्या दूई सय ४० पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
मंगलबार संकमण पुष्टि हुनेमा मुसिकोट नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको आर्चायले जानकारी दिए । जसमध्ये एक जना महिला र २ जना पूरुष रहेका छन् । उनीहरुको उमेर समुह १७ देखि ४५ बर्ष सम्मका रहेका छन् ।
संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।  जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ ।

SHARE