तिलाचन पाण्डे
असार ८, २०७७ गुल्मी : गुल्मीमा सोमबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४२ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २ जना गरि कुल ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए ।
यो संगै जिल्लामा संक्रमितको संख्या दूई सय ३७ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
सोमबार संकमण पुष्टि हुनेमा इश्मा गाउँपालिकाका ३२ जना , मालिका गाउँपालिकाका ९ जना , रुरुक्षेत्र गाउँपालिकाका २ जना , मुसिकोट नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको आर्चायले जानकारी दिए ।
संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ ।