गुल्मीमा पहिरोका कारण दोहलीका १५ घर बिस्थापित

0
264

असार ८, २०७७ गुल्मी :गुल्मीको इस्मा गाउँपालिका वडा नं ४ दोहलीका १५ घर परिवार पहिरोका कारण बिस्थापित भएका छन् ।
बिगत तीन दिन देखि परेको अविरल बर्षाका कारण रातापानीका नौ घर र खासु गाउँका ६ घर परिवार बिस्थापित भएको वडा नं ४ का वडाध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिए ।
रातापानीका दल बहादुर घर्ति र धन बहादुर घर्तिको घर तथा ओम बहादुर घर्तिको गोठ पहिरोले बगाएको अधिकारीले बताए । उनीहरुसंगै सोहि स्थानका मान बहादुर घर्ति, इश्वरी घर्ति, राम बहादुर घर्ति, थम्मन घर्ति, र मान बहादुर घर्ति बिस्थापित भएका छन् ।
त्यस्तै खासु गाउँका शिबलाल खासु र चुरामणी खासुसहितका ६ घर पहिरोका कारण बिस्थापित भएका छन् ।

इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले बिस्थापितको एकिकृत व्यावस्थापन गर्न थालिएको जानकारी दिए । ठाउँको अभावमा बिद्यालय र छिमेकीकोमा रहेका बिस्थापित परिवारलाई तत्काल राहत प्रदान गर्ने र प्रशाससनसंग पनि समन्वय भएकाले केहि दिनभित्र एकिकृत व्यास्थापन गर्ने योजना रहेको बिष्टले बताए ।

अहिले तत्कालका लागि आफन्ती र बिधालयमा राख्नका लागि अनुरोध गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
उनीहरुलाई स्थानीय तहको समन्वयमा दीर्घकालिन ब्यबस्थापन गर्ने गरी योजना बनाइने समेत शर्माले दाबी गरे ।

 

SHARE