असार ८, २०७७ अर्घाखाँची : जिल्लामा ६५ जना कोरोनाका बिरामी थपिएका छन्। योसँगै जिल्लामा संक्रमितको संख्या २३९ जना पुगेको छ।
जिल्लाको मालारानी गाउँपालिकामा ४९ जना, सन्धिखर्क नगरपालिकामा १० जना र छत्रदेव गाउँपालिकामा ६ जना कोरोनाका बिरामी थपिएको जनस्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापामगरले जानकारी दिइन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परिक्षणमा सन्धीखर्क नगरपालिकाका १० जना र छत्रदेव गाउँपालिकाका ६ जना गरि १६ जना र जनस्वास्थ्य प्रयोगशाला धुलिखेल काठमाडौंमा गरिएको प्रयोगशालामा ४९ जना कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।
अहिलेसम्म भूमिकास्थान नगरपालिकामा सबैभन्दा बढि संक्रमित देखिएका छन्। सबैभन्दा थोरै पाणिनी गाउँपालिकामा सक्रमित रहेका छन्। भूमिकास्थान नगरपालिकामा ७१ जना, मालारानी गाँउपालीकामा ६७ जना , छत्रदेव गाउँपालिकामा ६० जना, सन्धिखर्क नगरपालिकामा ३९ जना , शितगंगा नगरपालीकामा ३७ जना र पाणिनी गाँउपालीकामा ९ जना सक्रमित गरि २३९ जना सक्रमित पुष्टि भएको छ। कोरोनाका कारण ३ जनाले ज्यान गुमाई सकेका छन्।